खैरहनी नगरपालिका5x9 Oom89QBrh mbBbE S9el M 234506 KkBb Iig ZzwO
| खैरहनी नगरपालिका Khairhani Municipality |
|
|---|---|
| — नगरपालिका — | |
खैरहनी नगरपालिका |
|
| निर्देशाङ्क: २७°३७′ उत्तर ८४°३६′ पूर्व / २७.६१७° उत्तर ८४.६००° पूर्वनिर्देशाङ्क: २७°३७′ उत्तर ८४°३६′ पूर्व / २७.६१७° उत्तर ८४.६००° पूर्व | |
| देश | |
| अञ्चल | नारायणी अञ्चल |
| जिल्ला | चितवन जिल्ला |
| स्थापना | २०७१ वैशाख २५ |
| सरकार | |
| - प्रकार | खैरहनी नगरपालिका |
| अवनति | २०८ मि (६८२ फिट) |
| जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८) | |
| - जम्मा | ४६,३९८ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
| पोस्टल कोड | ४४२०० |
| टेलिफोन कोड | ०५६ |
| वेबसाइट | khairhanimun.gov.np |
मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहनी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज र चैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२] आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा खैरहनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या[सम्पादन गर्ने]
खैरहनी, कुमरोज, चैनपुर र कठार गाविसहरूलाई मिलाएर खैरहनी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ४६,३९८ रहेको छ ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५।
- ↑ "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
| |||||||||||||||||||||
- नारायणी नगरपालिका
- माडी नगरपालिका
- रत्ननगर नगरपालिका
- चित्रवन नगरपालिका